आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

अध्यक्षमा ढुंगेल र दाहालको मनोनयन दर्ता, यी हुन् प्रस्तावक र समर्थक

बुधबार, १० असोज २०८०, १६ : ५८
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत ढुंगेल र दाहालले उम्मेदवारी दर्ता गरेका हुन् । 

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा वचन देउजा रहेका छन् । त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । 

उम्मेदवारी मनोनयनको क्रम साँझ ६ बजे सम्मलाई तोकिएको छ । मतदान बिहीबार हुँदैछ । यसअघि अध्यक्षमा उम्मेदवारी दिने बताउँदै आएका कृष्णभक्त पोखरेल, सानु श्रेष्ठ र केशवराज पाण्डेले भने यो समाचार तयार पार्दासम्म मनोनयन दर्ता गरिसकेका छैनन् । 

uu1

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप