आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाल : तेक्वान्दोका ११ मध्ये १० खेलाडी उपाधि होडबाट बाहिरिए

बुधबार, १० असोज २०८०, १७ : ०४
बुधबार, १० असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पाँचौं दिन बुधबार नेपालका तीनजना तेक्वान्दो खेलाडी पराजित भएका छन् । जारी एसियाली खेलकुदमा तेक्वान्दोतर्फ नेपालका ११ जना खेलाडीले सहभागिता जनाएकोमा १० खेलाडी उपाधि होडबाट बाहिरिइसकेका छन् ।  

नेपालका अभिषेक बराल बुधबार पुरुषतर्फको ८० केजी तौलसमूहको अन्तिम ३२ मा अफ्गानिस्तानका प्रतिद्वन्द्वी ओमिद साहाकसँग २-० ले पराजित भए । अभिषेक साहकसँग पहिलो चरणमा ११-१  र दोस्रो चरणमा १५-२ ले पछि परेका थिए । 

पुरुषतर्फ नै ६८ केजीभन्दा मुनिको तौल समूहमा नेपालका वीरबहादुर महारा अन्तिम १६ मा चाइनिज ताइपेईका यी जुई चिउसँग २-० ले नै पराजित भए । पहिलो चरणमा १०-० ले पछि परेका वीरबहादुर दोस्रो चरणमा १२-८ ले पछि परेका थिए ।

यसैगरी महिलातर्फ ६७ केजीभन्दा मुनिको तौल समूहमा नेपालकी इन्दिरा बस्नेत अन्तिम १६ मा इरानकी मेलिका मिरहोसेनी भाकिली २-० ले पराजित भइन् । उनी पहिलो चरणमा १४-१ र दोस्रो चरणमा ९-० ले पराजित भएकी हुन् । अब तेक्वान्दोमा नेपालका एक खेलाडीको स्पर्धा बाँकी छ । पुरुष ८० केजी तौल समूहमा ज्याकी यादवले बिहीबार जोर्डनका खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप