आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले बागमतीको अध्यक्षमा चार जनाको उम्मेदवारी दर्ता, अन्य पदमा कस–कसले दिए उम्मेदवारी ?

बुधबार, १० असोज २०८०, १८ : ४४
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । बुधबार एमाले पार्टी कार्यालय च्यासलमा जारी निर्वाचन प्रक्रिया अन्तर्गत अध्यक्षमा कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, सानुकुमार श्रेष्ठ र केसर बहादुर बुढाथोकी रहेका छन् । 

यस्तै उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा नारायणप्रसाद खतिवडा, दावादाेर्जे लामा, सुवासचन्द्र ठकुरी, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उम्मेदवारी दिएका हुन् ।

सचिवमा हस्त पण्डित, नवराज सिलवाल, रत्न गुरुङ र रामकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।  

यस्तै उपसचिवमा डबल पाण्डे, खड्गबहादुर खत्री, टासी लामा, गंगादेवी श्रेष्ठ, भक्तकुमारी लामा, ओमराज पन्त, कृष्णहरी थापा , ठाकुरप्रसाद गजुरेल र रमेश महर्जनले उम्मेदवारी दिएका छन् । 

उम्मेदवारी मनोनयनको क्रम साँझ ७ बजे सम्मलाई तोकिएको छ । मतदान भने बिहीबार बिहान हुनेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप