आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

केशव पाण्डेको उम्मेदवारी दर्तामा अवरोध, वारेसनामा मार्फत दर्ता

बुधबार, १० असोज २०८०, २० : १३
बुधबार, १० असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्ष पदमा उम्मेदवारी दर्ताका लागि आकांक्षी केशव पाण्डेलाई अवरोध भएको छ । अध्यक्ष मण्डलका अध्यक्ष गुरु बरालसहितबाट उनलाई उम्मेदवारी दर्ता गर्न अवरोध गरेको हो । 

उनको मनोनयन दर्तामा बरालसहित आनन्द पोखरेल, डोरमणि पौडेललगायतले रोकेपछि केहीबेर तनावको अवस्था समेत भएको मनोनयन दर्ता स्थलमा रहेका एक नेताले जानकारी दिए । 

उनका अनुसार होहल्ला भएपछि अन्तिम समयमा पाण्डेको पनि वारेसनामामार्फत उम्मेदवारी दर्ता भएको छ । पाण्डेको उम्मेदवारी गणेश श्रेष्ठको वारेशनामामार्फत दर्ता भएको हो । 

केपी ओली निकट मानिने पाण्डेलाई सो समूहबाट अर्को उम्मेदवार रहेको भन्दै उम्मेदवारी दिनबाट रोकेको बताइएको छ । यद्यपि होहल्लापछि अन्तिम समयमा उनको पनि उम्मेदवारी दर्ता भएसँगै कुल उम्मेदवारी ५ जनाको परेको निर्वाचन समितिले जनाएको छ । जसअनुसार पाण्डेसहित कृष्ण प्रसाद दहाल, केशर ब. बुढाथोकी, कैलाश प्रसाद ढुंगेल र सानु कुमार श्रेष्ठको उम्मेदवारी दर्ता भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप