आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : कीर्तिमानहरु भत्किएको दिन !

बुधबार, १० असोज २०८०, २० : ३९
बुधबार, १० असोज २०८०

आज २०८० असोज १० गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

 नेपालको कीर्तिमानको ओइरो

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो । यसअघि टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो । 

घाटको जग्गा भू–माफियाको कब्जामा

रहवामा भू–माफियाहरूले घाटको जग्गा पनि व्यक्तिको नाममा दर्ता गराएको खुलेको छ । हालै गाउँ ब्लक नापजाँच गराउने क्रममा घाटको जग्गा व्यक्तिको नाममा रहेको खुलेपछि स्थानीयहरू भू–माफियालाई कारबाही र सार्वजनिक जग्गा संरक्षणको माग गर्दै विभिन्न निकायमा धाउन थालेका छन् ।

दसैँका लागि नयाँ नोट 

दसैँतिहार लक्षित यस वर्ष असोज २५ गतेदेखि सुकिला नयाँ नोट साट्न पाइने भएको छ । केन्द्रीय बैंकले घटस्थापनाको आसपास पारेर असोजको अन्तिम सातादेखि सर्वसाधारणका लागि नयाँ नोट सटही सुविधा प्रदान गर्ने तयारी गरेको हो । 

औद्योगिक प्रशिक्षण तालिम

बागमती प्रदेश सरकारको लगानीमा लक्षित युवाहरूलाई प्रदान गर्दै आएको औद्योगिक प्रशिक्षण तालिममा माग अनुसारको आवेदन नै परेन । तालिमका लागि युवाको चासो कम भएका कारण ४६० जनाको दर्खास्त आह्वान भएकोमा निर्धारित समयभित्र आवेदन नै परेन ।

मुख्यमन्त्री र अर्थमन्त्रीबिचको विवाद

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र अर्थ मन्त्री संजय यादवबिचको विवादका कारण त्यहाँका कर्मचारी तथा प्रदेशसभा सदस्यले तीन महिनादेखि तलब पाएका छैनन् । प्रदेश सभा सचिवालयका एक कर्मचारीले भने, ‘अर्थ मन्त्रालयले तलब निकासाका लागि अहिलेसम्म स्वीकृत नै दिएको छैन, त्यही भएर साउनदेखि तलब खुवाउन सकेको छैन ।’

सुन आयातको कोटा बढ्यो

नेपाल राष्ट्र बैंकले सुन आयातको कोटा बढाएको छ । हाल दैनिक १० किलोग्राम (केजी) सम्म सुन आयात हुँदै आएको अबदेखि दैनिक २० किलोग्रामसम्म आयात गर्न पाउने गरी केन्द्रीय बैंकले नयाँ व्यवस्था गरेको हो ।

ई:लाई बालेनको जवाफ

चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष टी-२० अन्तकाठमाडौँ महानरपालिकाका मेयर बालेन शाहले  फुटपाथ, बाटो तथा राइट अफ वेमा व्यापार गर्नु गैरकानुनी भएको जिकिर गरेका छन् । फुटपाथ व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ई: लाई सम्बोधन गर्दै मेयर शाहले  बाध्यता वा परिस्थितिजन्य कुराहरूले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग नहुने तर्क गरेका हुन् ।र्राष्ट्रिय क्रिकेटमा नेपालले विश्व कीर्तिमानी जित हासिल गरेको छ । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको हो । 

एमसीसीकी सीईओ अल्ब्राइट नेपाल आउँदै

एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम कार्यान्वयनको चरणमा प्रवेश गरेसँगै मिलेनियम च्यालेन्ज कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस प्याटरसन अल्ब्राइट नेपाल आउने भएकी छन् । अल्ब्राइट असोज १४ गते नेपाल आउने तालिका तय भएको हो ।

चिकित्सकमाथि दुर्व्यवहार गर्नेलाई कारबाही गर्ने निर्णय

चिकित्सकमाथि दुर्व्यवहार गर्नेहरूलाई कारबाही गर्ने निर्णय गरिएको छ । उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र स्वास्थ्य मन्त्री मोहन बस्नेत सहित सरोकारावालाहरुको बैठकले सो निर्णय गरेको गृह प्रवक्ता (सह–सचिव) केदारनाथ शर्माले जानकारी दिए । 

इलाम–२ बाट चुनाव लड्न तयार छु

एमालेका उपाध्यक्ष एवं इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ गने निधन भएपछि सो क्षेत्र रिक्त रहेको छ । इलाम–२ सहित संघ, प्रदेश र स्थानीय तहमा रिक्त स्थानमा वैशाखमा उपनिर्वाचन गर्ने तयारी निर्वाचन आयोगको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप