आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रास्वपाले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन वाग्लेको नेतृत्वमा बनायो उपसमिति

बिहीबार, ११ असोज २०८०, ०८ : ०८
बिहीबार, ११ असोज २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजनीतिक दस्तावेजमाथि बौद्धिक छलफल चलाउन सांसद स्वर्णिम वाग्लेको नेतृत्वमा उपसमिति बनाउने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले स्वर्णिमको नेतृत्वमा सात सदस्यीय उपसमिति बनाउने निर्णय गरेको महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले बताए ।

'उपसमितिमा रहने सदस्यहरूको नाम तय भइनसकेको छैन । समितिले तीन दिन बौद्धिक छलफल गरेर राजनीतिक दस्तावेजका लागि राय दिने छ,' उनले भने । रास्वपाले जनताको आवाज सुन्न केन्द्रीय नेता र सांसदहरूलाई १९ जिल्लामा खटाएको थियो। त्यहाँबाट महत्त्वपूर्ण सुझाव आएको र बौद्धिक व्यक्तिहरूसँग पनि छलफल गर्नु उपयुक्त हुने रास्वपाको निष्कर्ष छ ।

बैठकले असोज मसान्तमित्र पार्टीका सबै सांसदलाई सार्वजनिक सुनुवाइ गरिसक्न निर्देशन दिएको ढकालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप