आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रौतटहको अंशु ट्रेडर्समा आगलागी

बिहीबार, ११ असोज २०८०, १० : ३४
बिहीबार, ११ असोज २०८०

रौतहट । रौतहटको गरुडाको अंशु ट्रेडर्समा आगलागी भएको छ । गएराति भएको आगलागीबाट  पसलमा रहेको सम्पूर्ण सामान जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ओम प्रकाश खनालले जानकारी दिए ।

स्थानीय रामजनम साहले सञ्चालन गरेको उक्त फर्नीचर पसलमा अचानक भएको आगलागी बाट १ करोड भन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। 

डिएसपी खनालका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी मिलेर ३ वटा दमकलको सहयोगमा करिब ३ घण्टापछि आगलागी नियन्त्रणमा लिइएको थियो । 

आगलागीको ठोस कारण खुल्न नसके पनि विद्युत सर्ट वा बालिएको धूप सल्किएर घटना भएको अनुमान गरिएको डिएसपी खनालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप