आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफको आईपीओ सूचीकृत, आइतबारदेखि कारोबारमा आउने

बिहीबार, ११ असोज २०८०, १२ : ०७
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । सिटिजन लाइफ इन्स्याोरेन्सको आइपीओ नेप्सेमा सूचिकृत भएको छ । कम्पनीको शेयर सिएलआई सिम्बोलबाट सूचिकृत भएको हो । कम्पनीको चुक्ता मुल्य १ सय रुपैयाँ कायम भएको ३ करोड ७५ लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । बुधवार कम्पनी र नेप्सेबीच शेयर सूचीकरण सम्बन्धी सम्झौता भएको हो ।

कम्पनीको आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । सर्वसाधारण लगानीकर्ता शेयरधनी (वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारी) समेत मा वितरण गरिएको १ करोड १२ लाख कित्ता अर्थात ३० प्रतिशत, कम्पनीका संस्थापक शेयरधनीहरुको लगानी गरेको २ करोड ६२ लाख ५० हजार कित्ता अर्थात ७० प्रतिशत समेत गरी ३ करोड ७५ लाख कित्ता सूचिकृत भएको हो ।

 कम्पनीको शेयर आइतबारदेखि कारोबारमा आउनेछ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्यूनतम प्रतिकित्ता १७२ रुपैयाँ ४३ पैसा देखि अधिकतम ५१७ रुपैयाँ २९ पैसा सम्म रेन्ज दिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेन्ज पाउने गर्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप