आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सर्लाहीमा जलाउन लागेको अवस्थामा युवतीको शव बरामद, ३ जना पक्राउ

बिहीबार, ११ असोज २०८०, १२ : ३४
बिहीबार, ११ असोज २०८०

काठमाडौं । प्रहरीले सर्लाहीको रामनगर गाउँपालिका–१ स्थित खैर्वाबाट युवतीको शव बरामद गरेको छ । रामनगर गाउँपालिका–१ खैर्वाका सुनिल शाहकी पत्नी २१ वर्षीया मनिषा शाहको शव अनुसन्धानका लागी नियन्त्रणमा लिइएको जिप्रका सर्लाहीका प्रवक्ता (डिएसपी) दीपेन्द्र पंजियारले रातोपाटीलाई बताए ।  

मनिषाको मृत्यु शंकास्पद देखिएपछि त्यसबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । डिएसपी पंजियारका अनुसार मनिषाको घाँटीमा डाम देखिएको छ । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल सर्लाहीमा राखिएको छ । 

प्रहरीले मनिषाका पति सुनिल शाह, ससुरा र देवरलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई सोधपुछका लागी नियन्त्रणमा लिइएको सर्लाहीका एसपी नरेश सुवेदीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप