आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियामा बलात्कारको मुद्दा खेपिरहेका श्रीलंकाली क्रिकेटर निर्दोष ठहर

बिहीबार, ११ असोज २०८०, १३ : २८
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । अस्ट्रेलियाको सिड्नीमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेका एक श्रीलंकाली क्रिकेटर अन्ततः न्यायालयबाट निर्दोष सावित भएका छन् । श्रीलंकाली क्रिकेटर दनुस्का गुनाथिलकामाथि गत नोभेम्बरमा अस्ट्रेलियाको सिड्नमा एक महिलालाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो ।

अघिल्लो वर्ष सम्पन्न आईसीसी टी—२० विश्वकप खेल्न अस्ट्रेलिया गएको बेला श्रीलंकाली क्रिकेटर गुनाथिलकामाथि बालात्कारको आरोप लागेको थियो । टी—२० विश्वकप सन् २०२२ को अक्टोबर १६ देखि नोभेम्बर १३ अस्ट्रेलियामा आयोजना भएको थियो । 

बालात्कारको आरोप लागेपछि श्रीलंका श्रीकेट (एसएलसी) ले गुनाथिलकालाई निलम्बन गरेको थियो । ति महिलाले आफूमाथि पटक—पटक बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसपछि सिड्नीको प्रहरीले क्रिकेटर गुनाथिलकालाई पक्राउ गरी अनुशन्धान अगाडि बढाएको थियो ।

लामो समयसम्मको सुनुवाईपछि गुनाथिलका न्यु साउथ वेल्स जिल्ला अदालतबाट निर्दोष सावित भएका हुन् । गुनाथिलकाले भने प्रारम्भदेखि नै आफूमाथि लगाइएको आरोप निराधार रहेको दाबी गर्दै आएका थिए । 

न्यायालयबाट निर्दोष सावित भएपछि गुनाथिलकाले आफू छिट्टै पुनः क्रिकेटमा फर्कने बताएका छन् । ‘अन्ततः मैले न्याय पाएको छु । अब म सामान्य जीवनमा फर्कने छु । म आफ्नो खेलजीवनलाई पनि निरन्तरता दिनेछु,’ ३२ वर्षीय गुनाथिलकाले भनेका छन् ।

गुनाथिलकाले श्रीलंकाका लागि आठ टेस्ट, ४७ एकदिवसीय अन्तर्राष्ट्रिय र ४६ वटा टी—२० अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप