आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन

बिहीबार, ११ असोज २०८०, २३ : ०२
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । शिक्षकहरूले टाउकोमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका छन्। असोज २ गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा रहेका राहत, बाल विकास, पेन्सन वञ्चित, विद्यालय कर्मचारीहरूले कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन्। 

आन्दोलनको क्रममा बुधवार प्रहरीले लाठीचार्ज गरेको थियो। जसबाट राहत शिक्षक ताप्लेजुङका जिल्ला अध्यक्ष  रमेश प्याकुरेल, रुकुम पश्चिमकी बाल विकास शिक्षक निर्मला वली, शर्मिला पुरी, शर्मिला सुवेदी, राहत शिक्षक रेजिना कुवर, नन्दा खडका, जीवन तिमिल्सेना, सूर्यबहादुर शाही, दुर्गा पोखरेल, प्रेम दाहाल लगायत घाइते भएका थिए। 

शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको भन्दै शिक्षकहरू आक्रोशित बनेका हुन् । उनीहरूले शिक्षकहरूसँग वार्ता गरेर माग सम्बोधन गर्नुको साटो प्रहरी लगाएर राज्यले दमन गर्न खोजेको आरोप लगाएका छन्। 

गत असोज २ गतेदेखि नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका सामुदायिक विद्यालयमा कार्यरत स्थायी, अस्थायी, करार, बाल विकास, विद्यालय कर्मचारी लगायतले आन्दोलन थालेका थिए। आन्दोलनको तेस्रो दिन सरकार र महासंघबीच ६ बुँदे सहमति भएको थियो। उक्त सहमति प्रति असहमति जनाउँदै ५ वटा शिक्षक तथा कर्मचारीका सङ्घ संस्थाले आन्दोलनलाई नै निरन्तरता दिँदै आएका छन्। 

विगत ९ दिनदेखि आन्दोलन गर्दै आएका छन्। माग पूरा नहुँदा सम्म सडक नछाडिने नेपाल राहत शिक्षक केन्द्रीय समितिका वरिष्ठ सह अध्यक्ष नविनसिंह धामिले बताए। आधा भन्दा बढी शिक्षकहरू विस्थापित हुने गरी गर्न लागिएको सम्झौतामा आफूहरूको विमति रहेको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप