आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुद : महिला फुटबलमा नेपालले बंगलादेशसँग खेल्दै

बिहीबार, ११ असोज २०८०, १४ : १३
बिहीबार, ११ असोज २०८०

हाङझाउ । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत महिला फुटबलतर्फ अहिले नेपाल र बंगलादेशबीच खेल भइरहेको छ । समूह ‘डी’मा रहेका दुवै टालीले आफ्नो अन्तिम खेल खेलिरहेका छन् ।

 नेपाल र बंगलादेश यसअघि खेलेका दुवै खेलमा पराजित भइसकेका छन् । वानझाउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा १ : ४५ बजे सुरु भएको हो । नेपाल समूह चरणको पहिलो खेलमा भियतनामसित २–० गोलअन्तरले तथा दोस्रो खेलमा जापानसित ८–० गोलअन्तरले पराजित भएको थियो । 

बंगलादेश पनि पहिलो खेलमा जापानसित ८–० गोलअन्तरले तथा भियतनामसँगको खेल ६–१ गोलअन्तरले पराजित भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप