आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगितामा बिकिन र सविता सर्वोत्कृष्ट

बिहीबार, ११ असोज २०८०, १५ : ४७
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । बिकिन जोशी र सविता ह्यान्जु नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको ‘राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता’ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । जोशी र ह्यान्जुले जनही ३७ हजार पाँच सय रुपैयाँ नगद र ट्रफी पनि प्राप्त गरेका छन् । उनीहरुको नेपालको स्ट्रङ्गेस्ट पावर लिफ्टर पनि घोषित भएका छन् । 

दुई दिने प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्स गरि चारवटा विधाका ११ वटा स्पर्धा समावेश गरिएको थियो । पुरुष खुलाको ६२ केजी तौलसमूह मुनि निमेष चुकान पहिलो, बलबहादुर सुनार दोस्रो र दिनेश सिख्राकर तेस्रो भए । 

पुरुष ६२.१ देखि ६९ केजी समूहमा बिकिन जोशी पहिलो, विक्रम थापा दोस्रो र विकास गुरुङ तेस्रो भएका थिए । ६९.१ देखि ७७ केजीमा रविन राई पहिलो, विजु लामा दोस्रो र विजय प्रजापति तेस्रो भएका थिए । 

यसैगरी ७७.१ देखि ८५ केजी तौल समूहमा विकेस श्रेष्ठ पहिलो, राजिव श्रेष्ठ दोस्रो र अर्जुन श्रेष्ठ तेस्रो भए । ८५ केजीभन्दा माथिको तौल समूहमा ओजस जोशी पहिलो, मनोज श्रेष्ठ दोस्रो र मनिष शाक्य तेस्रो भएका थिए । 

यसैगरी महिला खुला विधाअन्तर्गत ५८ केजी तौल समूहमा सविता ह्यान्जु पहिलो, आश्मा श्रेष्ठ दोस्रो र नेहा रय तेस्रो भए । ५८.१ देखि ६४ केजीमा पुनम बोम्जन पहिलो, एनी  दर्जी दोस्रो र एली लिम्बु तेस्रो भएका थिए । 

महिला ६४ केजीभन्दा माथिको तौल समूहमा शर्मिला शाह पहिलो, जुनु महर्जन दोस्रो र मनुकला राई तेस्रो भएका थिए । जुनियरअन्तर्गत २१ वर्षमुनिको उमेर समुहबीचको खेलमा जेम्स (बिप्लव) पहिलो, राजिव खड्का दोस्रो र सुधीर श्रेष्ठ तेस्रो भएका थिए । 

यसैगरी मास्टर्स पुरुष ४५ वर्ष उमेरसमूहभन्दा माथि ताराबहादुर थापाक्षेत्री पहिलो, रोशन मानन्धर दोस्रो र दिलेन्द्र महर्जन तेस्रो भए । मास्टर्स महिला ४० वर्षभन्दा माथिको उमेर समूहमा लक्ष्मी महर्जन पहिलो, पूजा प्रधान दोस्रो र माया मगर तेस्रो भए । 

प्रतियोगितामा पुरुष खुला, महिला खुला, जुनियर र मास्टर्सअन्तर्गतको प्रत्येक समूहको खेलमा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीलाई क्रमशः १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । 

सबैभन्दा बढी अंक प्राप्त गर्न सफल गो फिट भक्तपुरले नेपालको स्ट्रोङ्गेस्ट क्लब—२०२३ को उपाधि प्राप्त गर्न सफल भयो । प्रतियोगितामा देशभरबाट एक सय ६४ जना खेलाडीले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गरेका थिए । विजयी खेलाडीलाई सांसद गगनकुमार थापालगायतले पुरस्कार वितरण गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप