आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सचिव श्रेष्ठले पाए अवकाश

बिहीबार, ११ असोज २०८०, १६ : ०३
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले बिहीबारदेखि अवकाश पाएका छन् । उमेर हदका कारण सचिव श्रेष्ठले अनिवार्य अवकाश पाएका हुन् ।  

श्रेष्ठ खानेपानी इन्जिनियरका रूपमा २०४७ सालमा निजामती सेवा प्रवेश गरेका थिए । उनले खानेपानी, सहरी विकास, सिँचाइ र सडक सम्बद्ध विभिन्न कार्यालयमा काम गरेका थिए । ०६२ मा उपसचिवमा बढुवा भएका श्रेष्ठ ०६६ सालमा सहसचिव बनेका थिए ।

सहसचिव हुने बित्तिकै उनले सडक विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए । श्रेष्ठले सहसचिव छँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्राविधिक दरबन्दीमा समेत रहेर काम गरेका थिए ।

०७६ मा सचिव भएपछि उनी सहरी विकास सहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सिँचाइ मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमा काम गरेका थिए । अवकाश पाएका सचिव श्रेष्ठलाई मन्त्री सीता गुरुङले बिदाइ गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप