आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यो साता सुनको मूल्य प्रतितोला ३४ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

शुक्रबार, १२ असोज २०८०, १० : ५८
शुक्रबार, १२ असोज २०८०

काठमाडौं । यो साता सुनको मूल्य निरन्तर ओरालो लागेको छ । गत असोज ७ गते प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबार घटेर १ लाख ८ हजार ८ सय रुपैयाँमा झरेको हो । 

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले घटेको छ ।  यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा ८ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँले बढ्दै १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप