आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राजनीतिज्ञकी प्रतिभाशाली छोरी, छोरा जन्माएपछि गयो ज्यान : श्रीमान् स्टार, छोरा भने फ्लप

शुक्रबार, १२ असोज २०८०, १० : ३९
शुक्रबार, १२ असोज २०८०

बलिउडमा यस्ता थुप्रै अभिनेत्री छन् जसले सिनेमा जगतमा आफ्नो भिन्न पहिचान बनाएका छन् । भलै ती आज हामीमाझ छैनन् तर उनीहरूलाई अहिले पनि उनीहरूको कामका लागि सम्झिने गरिन्छ । यस्तै एक अभिनेत्री थिइन् जो ३१ वर्षको उमेरमा नै यो संसारबाट बिदा भइन् । आज उनी भएकी भए भारतीय सिनेमा जगतमा उनको योगदान थप महत्त्वपूर्ण हुने थियो । आउनुहोस्, उनको जीवनका केही पाटाबारे जान्ने कोसिस गरौँ । 

smita patil1यहाँ जुन नायिकाबारे कुरा भइरहेको छ, उनको नाम हो स्मिता पाटिल । स्मिताको जन्म १७ अक्टोबर १९७५ मा पुणेमा भएको थियो । उनका बुवा शिवाजी राव गिरधर पाटिल राजनीतिज्ञ थिए र उनकी आमा विद्याताई पाटिल सामाजिक अभियन्ता थिइन् । स्मितालाई बाल्यकालदेखि नै अभिनयमा रुचि थियो र उनी नाटकमा भाग लिने गर्थिन् । त्यसपछि उनी थिएटर समूहमा आबद्ध भइन् ।

smita patil2स्मिताले सबैभन्दा पहिला ७० को दशकमा दूरदर्शनमा समाचारवाचिकाको रूपमा करियरको सुरुवात गरेकी थिइन् । त्यसपछि उनले राजनीतिक सिनेमामार्फत फिल्म जगतमा कदम राखिन् । यति बेला उनी दीप्ति नवल र शबाना आजमीजस्ता नायिकासँग काम गरिन् । ‘बाजार’, ‘आज की आवाज’, ‘मंडी’, ‘अर्थ’, ‘शक्ति’, ‘नमक हलाल’, ‘आखिर क्यों’, ‘मिर्च मसाला’ जस्ता फिल्ममार्फत स्मिताले फिल्मी दुनियाँमा एक भिन्न पहिचान बनाएकी थिइन् । 

smita patil3फिल्ममा काम गर्दागर्दै उनी राज बब्बरसँग नजिकिएकी थिइन् । यी दुईको प्रेमको चर्चा फिल्मी दुनियाँमा व्यापक चल्यो । यी दुईको प्रेमको चर्चा यस कारण पनि बढी भयो किनभने राज बब्बर पहिल्यै विवाहित थिए । राजले नादिर जहिरसँग सन् १९७५ मा विवाह गरेका थिए । तर पनि उनले नादिरालाई छोडेर स्मितासँग विवाह गरे । यी दुई सन् १९८२ मा ‘भीगी पलकें’ को सेटमा भेटेका थिए । राज बब्बर निकै सफल अभिनेता हुन् । 

२८ नोभेम्बर १९८६ मा राज र स्मिताका छोरा प्रतीक बब्बरको जन्म भएको थियो । तर प्रतिकले आमाको स्नेह भने पाउन सकेनन् । प्रतीकलाई जन्माएपछि स्मिताको स्वास्थ्यमा समस्या आएको थियो जसका कारण १३ डिसेम्बर १९८६ मा ३१ वर्षको उमेरमा उनको निधन भयो ।

smita patil4स्मिताको निधनले धेरैलाई दुःखी पार्‍यो । उनी एक सशक्त अभिनेत्री थिइन् । स्मितालाई सन् १९८५ मा पद्म श्रीद्वारा सम्मानित गरिएको थियो । यसबाहेक पनि उनले थुप्रै सम्मान पाइन् । मरणोपरान्त पनि स्मिताका थुप्रै फिल्म रिलिज भएको थियो । यीमध्ये सबैभन्दा अन्तिममा सन् १९८९ मा ‘गलियों के बादशाह’ रिलिज भएको थियो । 

उनको छोरा प्रतीक बब्बर पनि अभिनयमा सक्रिय छन् । उनले सन् २००८ मा रिलिज भएको फिल्म ‘जाने तु या जाने ना’ मार्फत डेब्यु गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्ममा काम गरे तर उनी फिल्ममा खासै चर्चित भने छैनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप