आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

एमाले बागमती अधिवेशन : चार जिल्लामा सर्वसम्मत भएको दाबी

शुक्रबार, १२ असोज २०८०, १३ : ०५
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा एमालेको जारी बागमती प्रदेश अधिवेशन अन्तर्गत चार जिल्लामा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ ।

एमाले नेता तथा शेरबहादुर तामाङका अनुसार प्रदेशका १३ जिल्लामध्ये चार जिल्ला सर्वसम्मत भएका हुन् । ‘चितवन,सिन्धुपाल्चोक, काभ्रे र रसुवा जिल्ला सर्वसम्मत’, तामाङले भनेका छन्, ‘अरू जिल्ला आंशिक निर्विरोध ।’

प्रदेशका पाँच पदाधिकारीसहित बाँकी पदमा मतदानको तयारी छ । 

गत असोज ८ गते सुरु भएको एमाले अधिवेशनअन्तर्गत पटक पटक निर्वाचन कार्य तालिका संशोधन गरेर शुक्रवारलाई मतदानको समय निर्धारण भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप