आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सहकारीको रकम ठगी गर्ने प्रवन्धक पक्राउ

शुक्रबार, १२ असोज २०८०, १३ : १९
शुक्रबार, १२ असोज २०८०

तनहुँ ।  भिमाद नगरपालिका–९ सखेपस्थित भानुमति साना किसान कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । 
सोही वडा निवासी ५२ बर्षीय प्रवन्धक चुत्रबहादुर थापालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो । 

उनले बिभिन्न मितिमा संस्थाको सेयर रकम, बचत रकम र एक सय तीस सेयर सदस्यको नाममा काल्पनिक ऋण लगानी गरेको देखाई रकम हिनामिना गरेका थिए । 
उक्त सहकारी संस्थाको रु.दुई करोड ६९ लाख ७१ हजार नौ सय ६६ हिनामिना गरेको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । 

रकम हिनामिना गरेको जाहेरी परेपछि तनहुँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप