आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले नेताहरूको आरोप : पहिचानको नाममा एमालेमाथि आक्रमण

शनिबार, १३ असोज २०८०, ०० : ४३
शनिबार, १३ असोज २०८०

विराटनगर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेलले कोशी प्रदेशमा पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको बताएका छन् । 

एमालेको कोशी प्रदेशको पहिलो अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनीहरुले समस्याको समाधानमा एमालेले नै पहल र प्रयत्न गर्नुपर्नेमा जोड दिए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘आज पहिचानको नाममा जुन ढंगको गतिविधि भइरहेको छ । त्यो भनेको जनताका प्रतिनिधिले निर्माण गरेको संविधान च्यातचुत पार्ने, संविधानलाई अस्वीकार गरेर मुलुकमा अराजकता सिर्जना गर्ने अभ्यास हो कि भन्ने शंका उत्पन्न भएको छ । एमालेलाई व्यवस्थित बनाइरहँदा यी चिजलाई चिन्न सक्नुपर्छ ।’

उता, महासचिव पोखरेलले एमाले सरकारमा हुँदा पहिचानको आन्दोलन हुने र नहुँदा नहुने कुरा एमाले माथिको प्रहार भएको पुष्टि हुने बताए । 

महासचिव पोखरेलले एमालेले पहिचानलाई अतिवादका रुपमा नभई एकताको रुप लिएर अघि बढ्न चाहेको बताए । उनले भने, ‘जातीयता र धार्मिकको नाममा अतिवादमा लाने कुरा भइरहेको छ । यसको एमालेले विरोध गर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप