आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता

शुक्रबार, १२ असोज २०८०, १८ : ५४
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । शुक्रबार जारी मनोनयन दर्तामा प्रदेश अध्यक्षमा हालसम्म चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् । 

निर्वाचन अधिकृत मातृका खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीन बहादुर शाही, राजबहादुर शाही र प्रेमबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका हुन् । 

एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि उम्मेदवारी दर्ता जारी रहेको छ । नयाँ नेतृत्वमा सर्वसम्मति नभएपछि निर्वाचन हुन लागेको हो । एमाले कर्णाली अधिवेशनले १३५ सदस्यीय कमिटी निर्वाचित गर्नेछन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप