आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कोशी अधिवेशन स्थलमा प्राडा बद्रीविशाल पोखरेलको धर्ना, दुई केन्द्रीय सदस्यलाई कारवाहीको माग

शुक्रबार, १२ असोज २०८०, १९ : १९
शुक्रबार, १२ असोज २०८०

विराटनगर । एमाले अधिवेशनस्थलको पहिलो प्रवेशद्वारमै पाँचवटा बुँदासहितको ब्यानर बोकेर बसेका प्राडा बद्रीविशाल पोखरेलले एमालेको कोशी प्रदेश अधिवेशनमा सहभागी हुन आउनेलाई आग्रह गर्दै भन्छन्, ‘हेल्लो यहाँ हेरेर जानु होला ।’

सेतै फुलेका पाका एमाले र जबजको वकालत गर्दै सञ्चारमाध्यममा आफ्नो खरो विचारहरु लेख्दै, बोल्दै आएका उनले शुक्रबार आयोजित उद्घाटन समारोहको समयावधिभर अधिवेशनस्थलमा धर्ना दिए । 

उनले बोकेको ब्यानरमा ईमान्दार र पार्टी प्रतिबद्ध नेता कार्यकर्ताहरुलाई उचित जिम्मेवारी नदिई घोर अपमान गरिएको विरुद्धमा धर्ना दिएको उल्लेख छ । 

यस्तै, सुनसरीको विशेषतः इटहरीमा पार्टी अध्यक्ष रेवती भण्डारी र लक्ष्मी गौतमको केन्द्रीय नेताको पार्टी विरोधी गतिविधि निस्तेज पार्न, कोशी प्रदेशको सुस्त, निस्प्रभावी नेतृत्वको उचित विकल्पको खोजी गर्न, उचित जिम्मेवारी र न्याय नपाएर पलायन हुने अवस्थाका नेता कार्यकर्ताहरुलाई आजीवन निराश नभई संघर्षरत रहन र वैचारिक सांस्कृतिक कामलाई सशक्त बनाई मिसन २०८४ लाई सफल पार्न धर्ना दिएको उल्लेख छ ।

पोखरेल कोशी प्रदेश संस्कृति विभागका प्रमुख हुन् । उनीसँगै कोशी प्रदेश एमालेको सल्लाहकार रहेकी मिथिला पोखरेल पनि धर्नामा सहभागी छिन् । यस्तै, सुनसरी एमालेका नेताहरुले विकृति ल्याएको भन्दै अधिवेशनस्थलमा पर्चा बाँडिएको छ । ‘सुनसरीका विकृत नेताहरु विरुद्धको आवाज’ भन्ने शीर्षकमा छपाइएको पर्चा उनै मिथिला पोखरेलको हो । 

उनले इटहरी उपमहानगरपालिकाको पार्टीले जिल्लामा प्रेषित गरेको स्थानीय तह निर्वाचनको समीक्षात्मक प्रतिवेदनको ४ पृष्ठमा उल्लेख गरिएको केन्द्रीय सदस्य लक्ष्मी गौतम र जिल्ला अध्यक्ष रेवती भण्डारीलाई कारबाही हुनुपर्ने माग गरेकी छिन् । 

केन्द्रीय सदस्यद्वय गौतम र भण्डारीले नगर प्रमुखका उम्मेदवारलाई हराउन निर्वाह गरेको भूमिकाको विवरण किटानीसाथ उल्लेख गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप