आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा १२० किलो गाँजा बरामद, ६ जना पक्राउ

शुक्रबार, १२ असोज २०८०, २० : १५
शुक्रबार, १२ असोज २०८०

विराटनगर । सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्रबाट १२० किलोग्राम गाँजा बरामद गरेको छ । गाँजासहित ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । 

बराहक्षेत्र नगरपालिका १ चतरा पुलबाट बराह मन्दिर जाने सडक खण्डबाट प्रहरीले उक्त परिमाणको लागुऔषध १२० किलोग्राम गाँजा बरामद गरेको हो । उक्त कार्यमा संलग्न ४ जना र संलग्नताको आशंकामा थप २ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी उपरीक्षक विक्रम होमागाईको कमाण्डमा खटेको टोलीले उक्त गाँजा बरामद गरेको हो । भारतीय नम्बर प्लेट बिआर ०२ आर ९९९४ को सुमोको सिटमुनि लुकाएको अवस्थामा गाँजा फेला परेको हो । उक्त गाँजा भारत लैजाने तयारी रहेको बुझिएको प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेहरुमा भारत, अररिया बथनाहाका महमद सिराज (सवारी चालक), अररिया फेनाका अस्ताजु आलम र नशिम आलम तथा नेपाली नागरिक सुनसरी देवानगञ्ज ५ का शिवम कुमार शाह रहेका छन् । 

यस्तै ओसारपसारमा संलग्न भएको आशंकामा भारत अररियाकै ओम प्रकाश रजक र सुनसरी देवानगंजका ओम प्रकाश शाह पनि पक्राउ परेका हुन् । 

प्रहरीले निजहरुबाट लागुऔषध गाँजा बोकेको गाडीको स्कटिङमा प्रयोग भएको प्रदेश १–०२–०५० प ६३०४ नम्बरको रातो रंगको पल्सर मोटरसाईकल, नेपाली रुपैयाँ ८ हजार ५६० र भारतीय १ हजार ७४० रुपैयाँ, ६ थान मोवाइलसहित नियन्त्रणमा लिएको सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रविनराज कर्णजितले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप