आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिलोपटक दुई फरक राष्ट्रमा विश्वकपको उद्घाटन समारोह

शुक्रबार, १२ असोज २०८०, २० : १५
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । सन् २०१५ को आईसीसी एकदिवसीय विश्वकप अस्ट्रेलिया र न्युजिल्यान्डमा आयोजना भएको थियो । ११औँ विश्वकपको उद्घाटन समारोह पनि दुई फरक राष्ट्रमा भएको थियो ।

एकदिवसीय विश्वकपको इतिहासमा पहिलो पटक दुई फरक राष्ट्रमा छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिएको थियो । उक्त विश्वकपमा पुरस्कार राशिमा पनि उल्लेख्य वृद्धि गरिएको थियो ।

यसअघि प्रदान गरिँदै आएको कुल पुरस्कार राशिमा २० प्रतिशतले वृद्धि गरिएको थियो । १४ राष्ट्रको सहभागिता रहेको त्यो विश्वकपको उपाधि अस्ट्रेलियाले जितेको थियो ।

फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात विकेटले पराजित गरेको थियो । त्यसयता अस्ट्रेलियाले विश्वकपको उपाधि जित्न सकेको छैन । अस्ट्रेलियाले हालसम्म पाँच पटक विश्वकपको उपाधि चुमिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप