आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कर्णालीमा एमाले अधिवेशन : उम्मेदवारी दर्तापछि भोट माग्दै (तस्बिरहरु)

अध्यक्षमा पाँच जनाको उम्मेदवारी
शुक्रबार, १२ असोज २०८०, २० : ४१
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । नेकपा एमालेले कर्णाली प्रदेश अधिवेशनमा सर्वसम्मत तरिकाले नेतृत्व चयनको प्रयास गरे पनि सफल हुन नसकेपछि मतदानबाट नेतृत्व छनोटको प्रक्रिया अघि बढेको छ ।

मतदानबाटै नेतृत्व चयन गर्ने निधो भएसँगै अहिले उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन अधिकृत मातृका यादवले रातोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

यामलाल कँडेलको टिमबाट अध्यक्षमा सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गर्ने प्रक्रिया अझै जारी छ ।

उम्मेदवारी दर्ता पश्चात् केही उम्मेदवारले भोट माग्न सुरु गरिसकेका छन् भने कोही कार्यक्रम स्थलमै देखिएका छैनन् ।

उम्मेदवार गुलावजंग शाहले टिम बनाएर भोट माग्न सुरु गरिसकेका छन् । 

uml-karnaliuml-karnali1uml-karnali2uml-karnali3uml-karnali4uml-karnali5uml-karnali6uml-karnali7

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप