आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कर्णालीमा एमाले अधिवेशन

अध्यक्षमा अहिलेसम्म पाँच जना उम्मेदवार, पदाधिकारीमा क–कसको पर्‍यो उम्मेदवारी ?

शुक्रबार, १२ असोज २०८०, २० : ५०
शुक्रबार, १२ असोज २०८०

सुर्खेत । कर्णाली प्रदेशमा एमालेले मतदानबाट नेतृत्व चयन गर्ने भएको छ । सोही अन्तर्गत उम्मेदवारी दर्ता भइरहेको छ ।

निर्वाचन अधिकृत मातृका खनालले रातोपाटीलाई दिएको जानकारी अनुसार अहिलेसम्म अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएको छ ।

अध्यक्षमा यामलाल कँडेलको टिमबाट सल्यानका गुलावजंग शाह, गोरख बोगटीको टिमबाट कालिकोटका मिनबहादुर शाहीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै प्रदेशसभाका पूर्व सभामुख राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

उपाध्यक्षमा दानिसंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उम्मेदवारी परेको छ ।

सचिवमा रुद्रबहादुर शाही, डण्डी शर्मा र धुर्वबहादुर शाहीले उम्मेदवारी दिएका छन् भने उपसचिव समावेशीमा मेनका पछाई र पद्मा खड्काको उम्मेदवारी परेको छ ।

यस्तै, उपसचिव खुलामा नारायणकुमार शाह, रविन्द्रराज शर्मा, रमेशकुमार शाही, बखतबहादुर भण्डारी, कमल शाही, धिरेन्द्रराज गिरी, तेजकुमार विकले उम्मेदवारी दिएका छन् ।

लेखा आयोगको अध्यक्षमा जितबहादुर मल्ल, दीर्घराज न्यौपाने र सुरज थापाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कमिटीको कार्यालयले जनाएको छ ।

उम्मेदवार मनोनयन दर्तापश्चात केही उम्मेदवारले भोट माग्न सुरु गरिसकेका छन् । केही उम्मेदवार भने कार्यक्रम स्थलमै देखिएका छैनन् ।

उम्मेदवार गुलावजंग शाहले टिम बनाएरै भोट माग्न सुरु गरिसकेका छन् । यद्यपि अध्यक्षका अन्य उम्मेदवारले भने शाहको जसरी भोट मागेको कार्यक्रम स्थलमा देखिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप