आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्वप्रकाशको अगाडि आरके शर्माले सुनाए गैरआवासीय नेपाली संघ बनाउने योजना

शुक्रबार, १२ असोज २०८०, २१ : ५७
शुक्रबार, १२ असोज २०८०

बहराइन । गैरआवासीय नेपाली संघ (एनआरएन) को आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्रकुमार (आरके) शर्माले यस पटक मध्यपूर्वलाई गुन तिर्ने अवसर सबैसामु रहेको बताएका छन् ।

विगतमा मध्यपूर्वले धेरैलाई सहयोग गरेको भन्दै यसपटक मध्यपूर्वबाट एनआरएनए अध्यक्षमा आफ्नो उम्मेदवारी रहेकाले सबैको साथ रहने विश्वास व्यक्त गरे । 

उनले मध्यपूर्व सधैँ एनआरएनए चुनावमा भोट बैंक मात्र नभएको पनि तर्क गरे । नेपाली जनसम्पर्क समिति बहराइनले आयोजना गरेको कार्यक्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री भिष्मराज आङ्दम्बे पनि सहभागी थिए ।

सो कार्यक्रममा उनले आफू स्पष्ट योजनासहित एनआरएनए नेतृत्व लिन अघि बढेको बताए । सो क्रममा शर्मालगायत सहभागीलाई उनले आफ्ना योजना सुनाएका थिए ।  ‘अर्थतन्त्र श्रमिकले पठाउने रेमिट्यान्सले चले पनि सधैँ रेमिट्यान्स आउने छैन,’ शर्माले भने, ‘श्रमिकको आर्थिक हित उकास्ने गरेर उत्पादन मूलक क्षेत्रमा रेमिट्यान्स रकम लगाउन प्राधिकरण गठन गर्ने योजना सहित म आएको छु ।’

उनले नेपालका राजनीतिक दल र एनआरएनएबीच रगत र मुटुको जस्तो सम्बन्ध रहेको यो स्वच्स्छ हुनुपर्ने बताए । एनआरएनएका मुद्दालाई कार्यान्वयन गर्नको लागि राजनीतिक दलको सहयोग जरुरी रहेको भन्दै शर्माले तर राजनीतिक दलको हस्तक्षेप भने एनआरएनएमा हुनु नहुने बताए । 

बुधबार कर्मभूमिबाट एनआरएनए अध्यक्षमा उम्मेदवारी घोषणा गरेका शर्मा शुक्रबार साउदी अरब बहराइन पुगेका हुन् । बहराइनपछि उनी चुनावी अभियानकै क्रममा शनिबारदेखि युरोप भ्रमणमा निस्कने बताइएको छ ।  एनआरएनएको अध्यक्षमा हालसम्म महेश श्रेष्ठ र रविना थापाले समेत उम्मेदवारी घोषणा गरिसकेको सन्दर्भमा शर्माले आफ्नो अभियानलाई तीव्र बनाएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप