आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

एमाले बागमती प्रदेशको अध्यक्षमा ओली पक्षका ढुंगेल विजयी

शुक्रबार, १२ असोज २०८०, २३ : २७
शुक्रबार, १२ असोज २०८०

काठमाडौँ । नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् । 

ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् ।

ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए । 

यस्तै इतर समूहको प्रतिनिधित्व गर्ने दहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए ।  सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।

 त्यस्तै सचिवमा ५६८ मतसहित नवराज सिलवाल विजयी भएका छन् ।  सचिवका अर्का उम्मेदवार हस्त पण्डितले ५६७ मत प्राप्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप