आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अभ्यास खेलमा बंगलादेशसँग हार्‍यो श्रीलंका

शनिबार, १३ असोज २०८०, ०६ : ५९
शनिबार, १३ असोज २०८०

गुवाहाटी । आईसीसी विश्वकप क्रिकेटको अभ्यास खेलम बंगलादेशले श्रीलंकालाई ७ विकेटले पराजित गरेको छ । श्रीलंकाले प्रस्तुत गरेको २ सय ६४ रनको लक्ष्य बंगलादेशले ४२ औँ ओभरमा मात्र ३ विकेटको क्षतिमा पछ्याएको हो ।

बंगलादेशलाई जीत दिलाउन तानजिद हसनले ८४ रनको शानदारी पाली खेले । उनले यस क्रममा १० चौका र २ छक्का हिर्काए । कप्तान मेहदी हसनले ६७ रन बनाए भने लिट्टन दासले ६१ रनको पाली खेले । 

यसअघि ओपनर पाथुम निशांकाको ६८ रनको मद्दतले श्रीलंकाले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । धनञ्जय डी सिल्भाले ५५ रन तथा कुशल परेराले ३४ रन बनाए । बंगलादेशका लागि हसनले ३ विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप