आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्री स्वदेश फर्किँदा विमानस्थलमा जे देखियो, तस्बिरहरू
फोटोफिचर

प्रधानमन्त्री स्वदेश फर्किँदा विमानस्थलमा जे देखियो, तस्बिरहरू

शनिबार, १३ असोज २०८०

काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री दाहाल र उनको भ्रमण दलका सदस्यहरू आज छन्दुबाट काठमाडौँ फर्किएका हुन् । 

प्रधानमन्त्रीलाई स्वागत गर्न विमानस्थलमा उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिना, मन्त्रीहरू लगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।

दाहालले हिजो चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तका सचिव वाङ सिआवोइले द्विपक्षीय भेटवार्ता गरेका  थिए । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट हिजो मात्र छन्दु पुगेका थिए ।   अमेरिकाबाट सिधै चीन पुगेका दाहाल गएको शनिबारदेखि औपचारिक भ्रमणमा रहेका थिए । सो क्रममा दाहालले चिनियाँ प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मसँग भेटवार्ता गरेका थिए । 

उनको भ्रमण दलमा छोरी गङ्गा दाहाल, परराष्ट्रमन्त्री नाराणप्रकाश साउद, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, खानेपानीमन्त्री महिन्द्र राय यादव, प्रधानमन्त्री दाहालका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास वैरागी, मुख्यसचिव डा वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरू, निजी क्षेत्रका तर्फबाट छाता संस्था नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालसहित अन्य व्यवसायी तथा सदस्यहरू रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया