आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
फोटोफिचर

बालक मृत्यु प्रकरण : वीरेन्द्रनगरमा आन्दोलन उग्र बन्दै (तस्बिरहरु)

शनिबार, १३ असोज २०८०, १२ : १८
शनिबार, १३ असोज २०८०

सुर्खेत । सुर्खेतमा ८ बर्षीय बालक मृत भेटिएपछि सुरु भएको आन्दोलन उग्र बन्दै गएको छ ।  वीरेन्द्रनगर नगरपालिका–६ घण्टाघर  नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय सलाम पुलामी मगर मृत भेटिएका थिए । बालकको मृत्यु शंकास्पद रहेको भन्दै उनका आफन्तहरु आन्दोलन सुरु गरेका छन् । 

surkhet-andolan (1)

आन्दोलन उग्र बन्दै गएपछि अहिले वीरेन्द्रनगरमा विद्युत अवरुद्ध हुनाका साथै  यातायातका साधनहरु सञ्चालनमा समस्या भइरहेको छ । आन्दोलका कारण  वीरेन्द्रनगर बजार अशान्त छ । आफन्तहरुले घटना शंकास्पद रहेको भन्दै लास उठाउन दिएका छैनन् । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता गोपलाचनेद्र भट्टराईले घटना शंकास्पद रहेको र अनुसन्धान गरिने बताएका छन् ।

आक्रोशित भीड घटनाको छानबिन गर्नुपर्ने भन्दै तोडफोडमा नै उत्रिएको छ। भीडलाई साम्य पार्न प्रहरीले अश्रु ग्याँस समेत प्रहार गरेको छ ।

surkhet-andolan (4)surkhet-andolan (5)surkhet-andolan (6)surkhet-andolan (7)surkhet-andolan (9)surkhet-andolan (10)surkhet-andolan (11)surkhet-andolan (12)surkhet-andolan (13)surkhet-andolan (14)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप