आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
कविता

जिन्दगी

शनिबार, १३ असोज २०८०, १२ : २५
शनिबार, १३ असोज २०८०

सधैँ हाँसिराखूँ, सधैँ गाइराखूँ ।
सधैँ खेलिराखूँ, सधैँ नाचिराखूँ ।।
जिन्दगी सहज सम्झिराखूँ ।
सबैको बिचमा रमाइ राखूँ ।।

न कसैलाई पराइ सम्झूँ ।
न कसैलाई दुःख नै दिऊँ ।।
आफ्नो बाटो बनाउँदै जाऊँ ।
जिन्दगीको सत्य भन्दै जाऊँ ।।

माटोमा रम्ने, यो मेरो जीवन ।
वनमा रम्ने, यो मेरो जीवन  ।।
खेतमा रम्ने, यो मेरो जीवन ।
हिलोमा रम्ने यो मेरो जीवन ।।

तराई, पहाड, हिमाल हुँदै ।
जाने हो मित्र जिन्दगी जिउँदै ।।
ढिँडोको साथमा सिस्नुको साग ।
राडीमा बसी लेख्ने हो गीत ।।

देखा र सिखी  नगरूँ कहीँ ।
सक्कल व्यवहार गर्ने हो साथी ।।
न ढाँटूँ कहिले कसैलाई पनि ।
काट्नु छ जीवन यथार्थ बनी ।।

चन्द्रागिरी नपा–१४, नैकाप, काठमाडौँ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तुलसी गिरी
तुलसी गिरी
लेखकबाट थप