आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा ‘देउडा आइडल’ आयोजना हुँदै

शनिबार, १३ असोज २०८०, १४ : ५०
शनिबार, १३ असोज २०८०

काठमाडौँ । नेपालमा पहिलोपटक ‘देउडा आइडल’ आयोजना हुने भएको छ । देउडा सांस्कृतिक मञ्चले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी काठमाडौँमा सो कार्यक्रम आयोजना गर्ने जानकारी गराएको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको भाषा र संस्कृतिको प्रवद्र्धन र संरक्षण गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गर्न लागिएको मिडिया पार्टनरको रुपमा रहेको टिभी टुडे टेलिभिजनका कार्यकारी अध्यक्ष जनकराज पन्तले बताए ।

‘यो ४/५ वर्षको प्रयासमा कोशिस गरेर यो कार्यक्रम हुन गइरहेको छ । यसको पत्रकार सम्मेलन गर्न गइरहेका छौं । यो कार्यक्रम एकदम सफल हुन्छ भनेर मैले पूर्ण विश्वास लिएको छु’ उनले भने, ‘सुदूरपश्चिमको देउडा संस्कृति चिनाउन उहाँले जुन कोशिस गर्नु भयो । यो पहिलो कार्यक्रम हो । यसले त्यहाँको भाषा र संस्कृतिको प्रवद्र्धनमा महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।’

देउडा गीत, संगीतलाई स्थानीय स्तरबाट राष्ट्रिय हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म विशिष्ट पहिचान स्थापित हुने खालका कला र गला भएकाहरुलाई सो कार्यक्रममा सहभागी गराइनेछ ।

कार्यक्रममा लागि सुप्रसिद्ध देउडा गीतका सर्जक नन्दकृष्ण जोशी, तिलक सिंह पेला र टिका पुनलाई निर्णायक मण्डलको रुपमा चयन गरिएको छ । कार्यक्रमको मिति भने अर्को पत्रकार सम्मेलनमार्फत् सार्वजनिक हुने पनि देउडा सांस्कृतिक मञ्चले जनाएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप