आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
चिकित्सकको आन्दोलन

सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्दै

शनिबार, १३ असोज २०८०, १५ : ४५
शनिबार, १३ असोज २०८०

काठमाडौँ । सरकारले आन्दोलनरत चिकित्सकहरूसँग वार्ता गर्ने भएको छ । गृह मन्त्रालयमा शनिबार ४ बजेदेखि वार्ता सुरु हुने गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले जानकारी दिएको हो ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७८ अविलम्ब कार्यान्वयन गर्न माग राख्दै शनिबार चौथो दिन पनि स्वास्थ्यकर्मीहरूले विरोध प्रदर्शन गरेका थिए ।  चिकित्सकहरूले माइतीघरदेखि बानेश्वरसम्म र्‍यालीसहित विरोध प्रदर्शन गरेका हुन् । 

शृङ्खलाबद्ध रूपमा चिकित्सकमाथि भएको आक्रमणको विरुद्धमा रेसिडेन्ट डाक्टर आन्दोलित भएका छन् । पोखरा लमजुङ, चितवन  हेटौँडा लगाएका ठाउँमा लगातार चिकित्सकमाथि हातपात भइरहेको अवस्था कसरी काम गर्न सकिन्छ भन्ने चिकित्सकहरूको प्रश्न रहेको छ । यस्तै अवस्था कायम रहे देशबाट पलायन हुने अवस्था आउने उनीहरूको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप