आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

यु–१९ साफ च्याम्पियनसिपको उपाधि भारतले जित्यो

शनिबार, १३ असोज २०८०, २१ : ४१
शनिबार, १३ असोज २०८०

काठमाडौँ । भारतले यु–१९ साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।  शनिवार पाकिस्तान फाइनलमा भारतसँग पराजित भएको हो  

दशरथ रंगशालामा भएको फाइनल खेलमा भारतले पाकिस्तानलाई ३–० गोल अन्तरले हराएको हो । खेलको ६३ मिनेटसम्म भारतलाई रोकेको पाकिस्तानले त्यसपछि तीन गोल व्यहोरेको थियो । खेलको ६४ औं मिनेटमा किपगेनले गोल गर्दै भारतलाई अग्रता दिलाए । 

डिबक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत बनेको थियो । खेलको ८५ औं मिनेटमा किपगेनले फ्रिकिकमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि भारत जित नजिक पुगेको हो ।

 इन्जुरी समयमा किपगेनको क्रसमा डिबक्सभित्र रहेका गोगमसर गोयारीले हेडमार्फत गोल गर्दै भारतलाई ३–० को जित दिलाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप