आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झापामा लागु औषधसहित २ युवायुवती पक्राउ

शनिबार, १३ असोज २०८०, २२ : ४९
शनिबार, १३ असोज २०८०

काठमाडौँ । झापामा प्रतिबन्धित लागु औषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अपरान्ह ४ : ३० बजे जिल्लाको बिर्तामोड नगरपालिका ५ को त्रिवेणी होटल एण्ड लजबाट २ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बिर्तामोड ४ का २१ वर्षीय उत्तम दर्जी र इलामा सुर्योदय नगरपालिका २ घर बताउने २० वर्षीय सन्ध्या विश्वकर्मा रहेका छन् । उनीहरुको साथबाट प्रहरीले १ ग्राम, ९०० सय मिलिग्राम ब्राउन सुगर, ३ थान मोबाइल र ५ हजार ५ सय रुपैयाँ बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले टोलीले सो होटलमा खानतलासी गरेको थियो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप