आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा युनाइटेडको लगातार हार

आइतबार, १४ असोज २०८०, ०७ : ३७
आइतबार, १४ असोज २०८०

ओल्ड ट्राफोड । म्यानचेस्टर युनाइटेड लगातार दोस्रोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ । क्रिस्टिल प्यालेसले युनाइटेडलाई १–० गोलले हराएको हो ।

खेलमा जोआचिम एन्डरसनले २५ औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । पछिल्ला पाँच दिनमा दुई टोलीको यो दोस्रो भेट थियो । मंगलबार एरिक टेन हागको टोलीले प्यालेसलाई ३–० ले पराजित गरेको थियो ।

तर उक्त खेलमा प्यालेसले सुरुवाती ११ का थुप्रै खेलाडीलाई आराम दिएको थियो । शनिबारको खेलमा भने प्यालेसले उत्कृष्ट प्रदर्शन गरेको थियो । जीतसँगै युनाइटेडलाई उछिन्दै प्यालेस लिगको नवौँ स्थानमा पुगेको छ । युनाइटेड १० औँ स्थानमा रहेको छ ।

शनिबार नै भएका अन्य खेलमा एस्टन भिल्लाले ब्राइटनलाई ६–१ गोलले हरायो भने एभर्टन नवप्रवेशी लुटोनसँग १–२ गोलले पराजित भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप