आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

शीर्ष स्थानको जिरोनालाई हरायो रियलले

आइतबार, १४ असोज २०८०, ०७ : ५२
आइतबार, १४ असोज २०८०

मड्रिड । शीर्ष स्थानमा रहेको जिरोनामाथि शानदार जीत हासिल गर्दै रियल मड्रिड आफै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार भएको खेलमा रियल ३–० गोलले विजयी बनेको हो ।

खेलको १७ औँ मिनेटमा जुड बेलिङह्यामले जोसेलुलाई गोलको अवसर सिर्जना गरेका थिए । २१ औँ मिनेटमा टोनी क्रुसको पासमा औरेलियन टुअमानीले रियलको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको ७१ औँ जुसेलुले बेलिङह्यामका लागि गोलको अवसर सिर्जना गरे । सिजनमा बेलिङह्यामको यो सातौँ गोल हो । इन्जुरी समयमा नाचोले रातो कार्ड पाउँदै मैदान छाड्न परेको थियो ।

८ खेलपछि २१ अङ्कसहित रियल शीर्ष स्थानमा पुगेको छ । बार्सिलोना २० अङ्कसहित दोस्रो रहेको छ भने जिरोना १९ अङ्कसहित तेस्रो स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप