आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विवादित खेलमा स्पर्सले लिभरपुललाई हरायो

आइतबार, १४ असोज २०८०, ०९ : ३०
आइतबार, १४ असोज २०८०

लण्डन । निकै विवादित बनेको खेलमा टोटनह्याम हटस्पर्सले ९ खेलाडीमा सीमित लिभरपुललाई २–१ गोलले पराजित गरेको छ । खेलको २६ औँ मिनेटमा नै कर्टिस जोन्सले रातो कार्ड पाएपछि लिभरपुल १० खेलाडीमा सीमित बनेको थियो । यसको फाइदा उठाउँदै सन ह्युङ मिनले खेलको ३६ औँ मिनेटमा स्पर्सलाई अग्रता दिलाए ।

पहिलो हाफको इन्जुरी समयमा कोडी गाक्पोले भर्जिल भान डाइकको पासमा बराबरी गोल फर्काए । दोस्रो हाफमा डिओगो जोटाले दोस्रो पहेँलो कार्ड पाएपछि लिभरपुल ९ खेलाडीमा सीमित बन्यो । यसका बाबजुद लिभरपुलले स्पर्सलाई लामो समय रोक्न सफल भएको थियो । तर, इन्जुरी समयमा जोयल माटिपले आत्मघाती गोल गरेपछि लिभरपुल पराजित हुनपुग्यो ।

यसअघि लिभरपुलका लागि कोडी गाक्पोको गोल अफसाइड भन्दै रद्द गरेको थियो । तर, गाक्पो अन साइड नै देखिएको थिए । पछि पीजीएमओएलले वक्तव्य नै जारी गर्दै यसमा गल्ती भएको स्वीकार गरेको थियो । यसमा भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) ले हस्तक्षेप गर्नुपर्नेमा त्यसो गरिएन । यसबारे जाँच गरिने बताइएको छ ।

जीतपछि टोटनह्याम प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । लिभरपुल भने चौथो स्थानमा खस्किएको छ । स्पर्सको १७ अङ्क रहेको छ भने लिभरपुलको १६ अङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप