आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बराबरीमा रोकियो बायर्न

आइतबार, १४ असोज २०८०, ०९ : ३५
आइतबार, १४ असोज २०८०

म्युनिख । साबिक विजेता बायर्न म्युनिख बुन्डेस लिगामा बराबरीमा रोकिएको छ । शनिबार बायर्नले आरबी लेइपजीगसँग २–२ बराबरी खेलेको हो ।

खेलको २६ मिनेट बायर्न दुई गोलले पछि परेको थियो । लुईस ओपेन्डाले बायर्नलाई खेलमा अग्रता दिलाए भने कास्टेलो लुकेबाले टोलीको अग्रता दोब्बर बनाए ।

तर, दोस्रो हाफको सुरुवातमा नै ह्यारी केनले पेनाल्टीमार्फत एक गोल फर्काए । लिगका पछिल्ला ६ खेलमा केनको आठौँ गोल थियो । ७० औँ मिनेटमा लेरोय सानेले बराबरी गोल गरे । त्यसपछि कुनै गोल नभएपछि खेल बराबरीमा टुङ्गियो ।

बराबरीपछि बायर्न १४ अङ्कसहित लिगको तेस्रो स्थानमा छ । शनिबार नै भएको अन्य खेलमा बायर लेभरक्युजनले माइन्जलाई ३–० गोलले हराउँदै शीर्ष स्थानमा उक्लियो । त्यस्तै, क्लोनलाई स्टुटगार्टले २–० गोलले हराएर दोस्रो स्थानमा उक्लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप