आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी स्ट्राइकर मार्टिनेज नायक बनेको खेलमा इन्टरको सजिलो जित

आइतबार, १४ असोज २०८०, ०९ : ५४
आइतबार, १४ असोज २०८०

काठमाडौँ ।  इटालियन सिरिए फुटबलको आफ्नो पछिल्लो खेलमा इन्टर मिलानले सजिलो जित हात पारेको छ । इन्टर मिलानले आइतबार सम्पन्न खेलमा सलेरनिटानालाई ४—० गोलले पराजित गर्‍यो । इन्टर मिलानको जितमा लाउटारो मार्टिनेज नायक बने । 

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा इन्टर मिलानले दोस्रो हाफमा लगातार चार गोल गरेको थियो । निर्धारित समयको ६२औँ मिनेटमा मार्टिनेजले इन्टर मिलानका लागि पहिलो गोल गरेका थिए । 

खेलको ७७औँ मिनेटमा उनले टोलीको अग्रता दोब्बर बनाएका थिए । ८५औँ मिनेटमा मार्टिनेजले टोलीका लागि तेस्रो गोल थपेका थिए । निर्धारित समयको खेल सकिनुभन्दा एक मिनेटअघि उनले इन्टर मिलानका लागि चौथो गोल गरेका थिए । 

२६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मार्टिनेज सन् २०१८ देखि इन्टर मिलानमा आबद्ध छन् । जारी सिजनको लिगमा हालसम्म सात खेल खेलेको इन्टर मिलान १८ अंकसहित तालिकाको पहिलो स्थानमा छ । ६ खेलमा जित हात पारेको इन्टर मिलानले एक खेलमा हार भोगेको छ । सात खेल खेलेको सलेरनिटाना भने तीन अंकसहित तालिकाको १९औँ स्थानमा आसिन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप