आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रोयल इनफिल्डको हन्टर हेरिटेज राइड, २०२३ सम्पन्न

आइतबार, १४ असोज २०८०, १२ : ४६
आइतबार, १४ असोज २०८०

काठमाडौं । विश्व लोकप्रिय ब्राण्ड रोयल इनफिल्डले हन्टर हेरिटेज राइड, २०२३ सम्पन्न गरेको छ । विश्व पर्यटन दिवसको अवसरमा पारेर रोयल इनफिल्डका लागि नेपालको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभले शनिबार राजधानीका ऐतिहासिक सम्पदाहरूमा हन्टर राइड गरेको हो । 

४४औं विश्व पर्यटन दिवसको अवसरमा ४४ वटा नै रोयल इनफिल्ड मोटरसाइकलमा राइड गरिएको अल्फा अटोमोटिभले जनाएको छ ।यस कार्यक्रमको मुख्य उद्देश्य सडक सुरक्षा, जनचेतनामूलकका साथै ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरू र संस्कृतिको बारेमा प्रचारप्रसार गर्नु रहेको छ ।

असोज १३ गते बिहान ७ बजे रोयल इनफिल्डको शोरूम टेकु बाट सुरु भएको यो राइड त्रिपुरेश्वर कंलकी स्वयम्भू भगवानपाऊ छाउनी भिमसेनथान वसन्तपुर दरबारमार्ग घण्टाघर शहिटगेट त्रिपुरेश्वर कुपोनडोल पाटनढोका पिम्बहाल मंगलबजार बालकुमारी कोटेश्वर पेप्सीकोला सानो ठिमी हुँदै भक्तपुर दरबार स्क्वायरसम्म हन्टर राइड गरिएको थियो । 

2018171411

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप