आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भाव आवश्यक छः प्रहरी महानिरीक्षक

आइतबार, १४ असोज २०८०, १४ : ०७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले सडकमा यातायात व्यवस्थापन गर्ने ट्राफिक प्रहरीलाई जनस्तरबाट सहयोग र सद्भावको आवश्यकता रहेको बताएका छन् । 
आइतवार सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० लाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यस्तो बताएका हुन् । उनले विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको बताए । 

उनले जीवन जोखिममा राखेर काम गर्ने ट्राफिक प्रहरीलाई सर्वसाधरण जनता तथा सरोकारवालहरुको सदभाव सहयोग आवश्यक रहेको बताए । विभिन्न अध्ययनहरुले १४ घण्टासम्म सडकमा उभिएर ट्राफिक व्यवस्थापन गर्दा ट्राफिक प्रहरीहरुको स्वास्थ्यमा जोखिम बढी देखिएको उनको भनाइ छ । 

उनले सडक दुर्घटनाका कारक तत्वहरु पैल्याएर भरपर्दो तथ्याङ्क विश्लेषणसहित नियन्त्रणका उपायहरु लगाउन सकिएमा क्षेती न्युनिकरण र सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्न सकिने बताए । उनले प्रहरीले दुई वर्षको कार्ययोजनामा ट्राफिक व्यवस्थापनलाई प्रविधियुक्त बनाई प्रणालीगत सुधार गर्ने लक्ष्य राखेको दाबी गरे ।

 महानिरीक्षक कुँवरले बढ्दो शहरीकरण,बढ्दो जनघनत्वका कारण पूर्वाधार निर्माणको अभाव,यातायातका साधनको तिब्र वृद्धिका साथै मानवीय र वातावरणीय यान्त्रिकको संयोग नै सडक दुर्घटनाको कारक तत्व बनेको उल्लेख गर्नुभयो । उहाँले आर्थिक वर्ष २०७९÷०८० सम्ममा १८ लाख बढी सवारी साधन दर्ता भएको ती मध्ये १४ लाख सवारी साधन दैनिक काठमाडौं उपत्यकामा गुड्ने गरेको बताए । 

उनले नेपाल प्रहरीमा काजमा अन्यन्त्र नपठाउने नीति भए पनि सडक पूर्वाधार यान्त्रिक पूर्वाधारको कमीको कारण ट्राफिक प्रहरी अपवाद बन्न पुगेको उल्लेख गरे । कुँवरले काठमाडौं उपत्यकामा १३१३ दरबन्दी रहेकोमा त्यो भन्दा ६३ प्रतिशत बढी १८२२ जना जनशक्ति परिचालन गरिएको दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप