आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमआईटीको ‘एकेडेमिक लिडरसिप समिट–२०२३’ सम्पन्न

आइतबार, १४ असोज २०८०, १५ : ०३
आइतबार, १४ असोज २०८०

काठमाडौँ । राजधानीको बागबजारमा अवस्थित मोडेल इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) ले ‘एकेडेमिक लिडरसिप समिट–२०२३’ एवम् ‘एमआईटी लञ्चिङ सेरेमनी’ सम्पन्न गरेको छ । असोज ११ गते राजधानीकै मेरियट होटलमा  आयोजित उक्त कार्यक्रमको उद्घाटन अमेरिकाका लागि नेपाल सरकारका पूर्व राजदूत डा. अर्जुन कार्की र अध्यक्ष सुरेन्द्र सुबेदीले संयुक्त रूपमा गरेका थिए । 

 कार्यक्रममा बोल्दै सुवेदीले बिदेसिने विद्यार्थीको आँकडा प्रस्तुत गर्दै ती युवा जनशक्तिलाई नेपालमै विश्वस्तरको शिक्षा प्रदान गरी स्वदेशमा अवसर प्रशस्त गर्न सकिने विचार राखे ।  गुणस्तरीय शिक्षा केही महँगो हुने भए पनि यसले देशलाई दीर्घकालीन सहयोग गर्ने उनको भनाइ थियो । तर गुणस्तरहीन शिक्षा सस्तो भएता पनि यो कालान्तरमा  महँगो पार्न जाने विचार राखे । 

2S0A1530 copy

 यसका लागि नेपाल सरकार, शिक्षाविद्, बुद्धिजीवी, उद्योगपति, व्यापारी तथा सबै व्यावसायीहरुबाट मोडेल इन्स्टिच्युट अफ टेक्नालोजीलाई साथ र सहयोग हुनेमा आफू विश्वस्त रहेको बताए । 

 कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका पूर्वभाइस चान्सलर प्रा.डा. उपेन्द्रकुमार कोइरालाले ‘उच्च शिक्षाको आवश्यकता, समस्या तथा समाधान’ विषयमा कार्यपत्र प्रस्तुत गरे । सो क्रममा उनले इमान्दार भई शिक्षा क्षेत्रमा लागेमा नेपालमा सम्भावना नै सम्भावना भएको धारणा राखे । 

photo 2 uk

यसैगरी पूर्व राजदूत कार्कीले आधुनिक समाजको निर्माणमा दक्ष जनशक्ति देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताए ।  देशलाई दक्ष जनशक्तिले नै विश्वसामु चिनाउने भएकोले एमआईटीले दक्ष, अनुशासित तथा विश्वसमाज बुझ्ने र विश्वसमाजमा जुध्न सक्ने युवा जनशक्ति निर्माण गर्न अगिंकार गरेको पाठ्यक्रम, विषयवस्तु तथा यसले संचालन गर्ने अनुसधानात्मक शिक्षण विधिले  देशलाई अगाडि वढाउने विचार राखे । 

photo3 ak

 कार्यक्रममा एमआईटीका रामकृष्ण दाहालले आफू शैक्षिक क्षेत्रमा लामो समयदेखि लागिपरेको र नेपालमा स्वदेश तथा विदेशका राम्रा विश्वविद्यालयका कार्यक्रमहरू संचालन गरी स्वदेशमै विश्वस्तरको ज्ञान र क्षमता प्रदान गर्ने उद्देश्यले इन्टरनेशनल अमेरिकन युनिभसिर्टीको सहकार्यमा  सहकार्यमा  उच्च शिक्षामा व्यावस्थापन र आइटीका कार्यक्रमहरू सर्व सुलभ शुल्कमा विभिन्न छात्रावृत्ति सहित नेपालमै गर्न लागेको जानकारी दिए । उनले एमआईटीले बिबिए र एमबिएमा नयाँ भर्ना समेत खुलाएको जानकारी दिँदै सबैको साथ सहयोगको अपेक्षा राखेको बताए । 

कार्यक्रम समापन गर्ने क्रममा केएसी नेटवर्कका अध्यक्ष एवं एमआईटीका संचालक रामेश्वर अर्यालले अध्ययनको क्रममा विद्यार्थीहरुले अमेरिकी उच्च शिक्षा नेपालमा नै पुरा गर्न सक्ने बताउँदै अध्ययन वाँकी भएमा अमेरिका नै गई सो अध्ययन पुरा गर्न सक्ने बताए ।  

2S0A1494 copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप