आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमाले कर्णाली अधिवेशन : नयाँ नेतृत्वका लागि मतदान जारी

आइतबार, १४ असोज २०८०, १५ : २३
आइतबार, १४ असोज २०८०

सुर्खेत । नेपाल एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ । आइतबार वीरेन्द्रनगरको सिटी हलमा कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्वका लागि मतदान भइरहेको हो । 

शनिबार दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने भनिएपनि निकै ढिलोगरी मतदान भएको छ ।  व्यवस्थापनको अभावमा कारण मतदान प्रक्रिया लम्बिएको एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले बताए ।

कर्णालीमा अध्यक्षका लागि दुई प्यानलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यामलाल कँडेलको टिमबाट गुलावजंग शाह अध्यक्षका उम्मेदवार छन् भने गोरख बोगटी– विनोद कुमार शाहको टिमबाट मीनबहादुर शाही उम्मेदवार छन् । यस्तै कालिकोटका प्रकाश रोकाय पनि अध्यक्षका उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप