आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ठमेलबाट ५ किलो चरेश सहित दुईजना पक्राउ

आइतबार, १४ असोज २०८०, १५ : ३७
आइतबार, १४ असोज २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१६ ठमेल स्थित कालधाराबाट प्रहरीले चरेश सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छि घर भएका ३१ वर्षीय गोबिन्द्र तामाङ र २७ वर्षीय मुस्कान लामा छन् । 

प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले शनिवार उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोध ढुंगेलले रातोपाटीलाई बताए । आरोपीतहरुको साथबाट प्रहरीले ५ किलो चरेश बरामद गरेको छ । घटनाबारे प्रहरी वृत्त लैनचौरले अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप