आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बीवाईडीले गर्‍यो सियोले घोचेर ब्याट्री परीक्षण

आइतबार, १४ असोज २०८०, १६ : १९
आइतबार, १४ असोज २०८०

काठमाडौँ । चिनियाँ विद्युतीय सवारी निर्माता बीवाईडी गाडीमा प्रयोग हुने ब्याट्रीलाई सियोले घोचेर परीक्षण (नेल पेनिट्रेसन टेस्ट) गरिएको छ । सवारीमा प्रयोग भएको ब्याट्रीको गुणस्तर देखाउन बीवाईडी गाडीले नेपालमा सियोले घोचेर परीक्षण गरेको हो ।

बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी हेडक्वाटर र भारतमा बीवाईडीको बिक्रेताको सहयोगमा काठमाडौँमा ब्याट्री परीक्षण गरेको हो । परीक्षणमा बीवाईडी सवारीमा प्रयोग हुने ब्लेड ब्याट्री र अर्को ब्याट्रीलाई एकै स्थानमा राखेर परीक्षण गरेको छ ।

त्यसक्रममा बीवाईडी सवारीमा प्रयोग हुने ब्याट्री ब्लास्ट भएन भने सोही परीक्षणका क्रममा अर्को ब्याट्री ब्लास्ट भएको थियो । परीक्षणका क्रममा दुईवटा ब्याट्रीलाई डोमभित्र राखेर सियोले घोच्दा बीवाईडी ब्याट्री नपड्किएको हो भने अर्को ब्याट्री भने पड्किएको थियो ।

यो परीक्षणका लागि ब्याट्रीको तापक्रम बढाइन्छ र डोमभित्र सुरक्षित रुपमा राखेर सियोले घोचिन्छ । परीक्षणका लागि ब्याट्रीको तापक्रम ३० देखि ६० डिग्री पुर्‍याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप