आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मेडिकल काउन्सिलको परीक्षामा ४६ प्रतिशत उतिर्ण

आइतबार, १४ असोज २०८०, १६ : ३६
आइतबार, १४ असोज २०८०

काठमाडौँ । नेपाल मेडिकल काउन्सिले गत असोज १० गतेदेखि १२ गते सम्म लिएको डाक्टरहरुको परीक्षामा ४६ प्रतिशत उतिर्ण भएका छन् । काउन्सिलले आइतबार सूचना जारी गर्दै ६७ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षामा मेडिकलतर्फ १४ सय ९१ र डेण्टलतर्फ ३२० गरी १८ सय ११ जना परीक्षार्थी सहभागी भएकोमा मेडिकलतर्फ ६६२ र डेण्टलतर्फ १७१ जना उर्तिण भएको जनाएको छ ।

यो नतिजा समग्रमा ४६ प्रतिशत रहेको पनि काउन्सिलले जनाएको छ ।  त्यस्तै यसअघि जेठ १७ देखि १९ सम्म सञ्चालन भएको ६६ औं परीक्षामा ३८ दशमलव ३९ प्रतिशत परीक्षार्थी उतिर्ण भएको काउन्सिलले जनाएको छ ।

nmc
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप