आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

संगीतकार थापाले ल्याए ‘तिमीलाई म कति माया गर्छु’

आइतबार, १४ असोज २०८०, १६ : ५६
आइतबार, १४ असोज २०८०

काठमाडौंँ । शंकर थापा ‘स्माइल’को गीत ‘तिमीलाई म कति माया गर्छु’ को अडियो भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रगती महरा, बरिष्ठ संगीतकार राजु सिंह, संगीतकार संघ नेपालका अध्यक्ष चेतन सापकोटा, चर्चित गायक शिव परियार, राइट ट्युनका कार्यकारी निर्देशक गणेश शाही र संगीतकार तथा गायक शंकर थापा ‘स्माइल’ लगायतले संयुक्त रुपमा गीत सार्वजनिक गरे ।

शंकर थापा ‘स्माइल’को संगीत रहेको गीतमा संगीतकार स्वयम् र अञ्जु पन्तको स्वर र प्रलाद शाहको शब्द छ । गीतको भिडियषे माधव शर्माले निर्देशन गरेका छन् । भिडियोमा लाइन र लालना चिमरियाको अभिनय छ । नवराज उप्रेतिको छायाँकन, विकास दाहालको सम्पादन र सन्तोष राजवहाकको कोरियोग्राफी भिडियोमा छ ।

कार्यक्रममा बोल्दै संगीतकार थापाले गीतलाई उत्कृष्ट बनाउन हरसम्भव कोसिस गरेको भन्दै अब दर्शक तथा समीक्षकबाट प्राप्त हरेक प्रतिक्रिया आफ्नालाई स्वीकार्य हुने बताए ।

कार्यक्रममा संगीत गुरु श्री केसी, फिल्म सोसाइटी नेपालका महासचिव राजेश बिसुराल, राष्ट्रिय लोक साँस्कृतिक संघका महासचिव योगेन्द्र उपाध्याय, व्युटि पेजेण्ट एसोसियसनका महासचिव निशु कान्त झा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप