प्रधानमन्त्रीको चीन भ्रमणले दुई देशबीचमा विश्वासको वातावरण थप भयो : प्रमुख सचेतक लेखक
आइतबार, १४ असोज २०८०, २० : १८
काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीको चिन भ्रमणपछि दुई देशका बीचमा थप विश्वासको वातावरण सिर्जना भएको बताएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीको चिन भ्रमणले दुई देशका बीचमा विश्वासको वातावरण थप गरेको बताएका हुन् । उनले प्रधानमन्त्रीको चीन भ्रमण उत्साहजनक भएको टिप्पणी गरे । उनले चीन भ्रमणका क्रममा नेपालको राष्ट्रिय स्वाभिमानलाई जोगाउँदै सोही आधारमा छलफल हुन सकेको बताए ।
बैठकले समानस्तरमा विश्वासको वातावरण निर्माण गरेको भन्दै प्रमुख सचेतक लेखकले बैठक कूटनीतिक रुपमा सफल भएको बताए ।
प्रमुख सचेतक लेखकले प्रधानमन्त्रीले विदेश भ्रमणबाट के ल्यायो भनेर मगन्तेको जस्तो कुरा गर्नु नहुने बताए ।