आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेशनल प्याब्सनमा आधिकारिकताका बारेमा विवाद चुलियो

आइतबार, १४ असोज २०८०, २१ : ३८
आइतबार, १४ असोज २०८०

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) मा बिदा चुलिएको छ । आलोपालोका लागि भएको सहमति बमोजिम अध्यक्षमा सहअध्यक्ष सुवास न्यौपानेको शनिबारदेखि कार्यकाल सुरु गरेका थिए  ।

हमालको कार्यकाल गत भदौ २४ गतेदेखि सकिएकाले अध्यक्षमा आफू कायम हुनुपर्नेमा सहजरुपमा हस्तान्तरण नगरिएपछि न्यौपानले शनिबार एक कार्यक्रम आयोजना गरी पदस्थापनको घोषणा गरेका थिए । त्यसको भोलिपल्ट आइतबार नै प्याब्सनमा आधिकारिकताका बारेमा विवाद चुलिएको हो । 

आइतबार एन प्याब्सनले विज्ञप्ति जारी गर्दै सातौँ राष्ट्रिय महाधिवेशनबाट चयन गरेको नेतृत्व नै आधिकारिक भएको बताएको छ । नेशनल प्याब्सनका महासचिव पारसमणि दाहालले विज्ञप्ति जारी गर्दै अहिलेको नेतृत्व नै आधिकारिक रहेको प्रष्ट पारेका हुन् । 

केही व्यक्तिहरुले आधा–आधा कार्यकालमा सहमति भएको भन्दै पदभार ग्रहण गरेको विषयमा भ्रममा नपर्न आग्रह गरिएको छ। नेपालगञ्जमा भएको सातौँ राष्ट्रिय महाधिवेशनले चयन गरेको नेतृत्व नै तीन वर्षे कार्यकाल काम गर्ने विज्ञप्तिमार्फत प्रष्ट पारिएको छ।

सातौँ राष्ट्रिय महाधिवेशनमा आधा–आधा कार्यकाल गर्ने सहमति भएको भन्दै अनुपम फुडल्याण्डमा आयोजित एक कार्यक्रममा सह– अध्यक्ष सुवास न्यौपानेले अध्यक्षको पदवहाली गरेका थिए । तर, नेशनल प्याब्सन केन्द्रीय समितिले अध्यक्ष पाण्डव हमाल नै आधिकारिक रहेको प्रष्ट पारेको हो ।

‘राष्ट्रिय महाधिवेशन भइरहेको अवस्थामा केही पूर्व अध्यक्ष लगायतका केही व्यक्तिहरूले अध्यक्ष र सह–अध्यक्ष पदमा आधा–आधा कार्यकाल गर्ने गरी सहमति गरिएको भनि व्यापक प्रचार प्रसार गरिँदै आएकोमा सोही सहमतिलाई आधार मान्दै हिजो मिति २०८०/०६र १३ गते काठमाडौँको अनुपम फुडल्याण्डमा केही व्यक्तिहरूको भेला बोलाई पदभार ग्रहण गरेको नाटक मञ्चन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

स्वघोषित अध्यक्षता विधान विपरीत र गैरकानूनी रहेको नेशनल प्याब्सनले जनाएको छ। एशोसिएसनको केन्द्रीय कार्यालयमा हिजो राति हुलहुज्जतसहित जबरजस्ती कार्यालयभित्र प्रवेश गरेको भन्दै केन्द्रीय समितिले भत्सर्ना गरेको छ । नेशनले प्याब्सनले सदस्य विद्यालय, पालिका, जिल्ला, प्रदेश र केन्द्रीय समितिलाई समेत केन्द्रीय समितिका अध्यक्ष पाण्डव हमाल नै रहेको जानकारी गराएको छ ।

1a

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप